पर्वत ।

जिल्लामा राहदानी बनाउनेको सङ्ख्या बर्से्िन घट्दै गएको छ । युवाले स्वदेशमै पेसा, व्यवसाय गर्न थालेपछि राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको हो ।

आव २०७२/७३ मा ६ हजार पाँच सय २० जनाले राहदानी लिएका थिए भने आव २०७३/७४ मा ४ हजार ४ सय २५ जनाले मात्र राहदानी लिएको जिल्ला प्रशासन कार्यलय पर्बतले जनाएको छ ।

यो अगिल्लो आब भन्दा २ हजार ९५ जनाले कम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेलले जानकारी दिनुभयो । राहादानि लिनेको सख्यामा कमी आएपनि नागरिकता लिनेको सख्यामा भने पर्बतमा बृद्धि भएको पाईएको छ ।

आव २०७२/७३ मा जम्मा ४ हजार ५ सय ९४ जनाले नागरिकताको प्रमाणपत्र लिएका थिए भने आब २०७३ र७४ मा ६ हजार ९ सय ७२ जनाले नागरिकताको प्रमाणपत्र लिएको पौडेलले बताउनुभयो ।

आव २०७२र७३ मा राहादानी लिने मध्ये दोब्बर शुल्क तिरेर १ हजार ९ सय १६ जनाले दु्रत सेवामार्फत राहादानि लिएका थिए भने २०७३ र७४ मा जम्मा १ हजार ३ सय ६३ जनाले दु्रत सेवामार्फत राहादानि लिएका छन् ।

साधारण सिफारिसतर्फ आव २०७३र७४ मा ३ हजार ६२, दू्रत सिफारिसतर्फ १ हजार ३ सय ६३ जनाको राहदानी वितरण गरिएको हो । भने नागरिकता तर्फ बंशजको आधारमा ४ हजार १ सय ४७, बैवाहिक आंगिकृत ७, कर्मचारी परिबार ४ र प्रतिलिपी २ हजार ८ सय १४ गरि ६ हजार ९ सय ७२ जनार्लाे नागरिकता बितरण गरिएको कार्यलयले जनाएको छ ।

16.33¡ÆC