१ हजार ६९ दुर्घटना, सात सय ३५ जनाको मृत्यु

साउन १४, २०७४ मा प्रकाशित | 1154 views

वीरगञ्ज । मध्यमाञ्चल क्षेत्रका १६ जिल्लामा गत वर्ष सवारी दुर्घटनामा परी ७ सय ३५ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७३÷७४ को १२ महिनामा भएको १ हजार ६९ वटा सवारी दुर्घटनामा उनीहरुको ज्यान गएको मध्यमाञ्चल क्षेत्रिय ट्राफिक कार्यालय पथलैयाले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा अधिकांश पुरुष छन् । मृतकहरु मध्ये ७१ प्रतिशत भन्दा बढी पुरुषहरु नै रहेको कार्यालयले जनाएको छ । एक वर्षमा भएका सवारी दुर्घटनामा सबैभन्दा बढी ५ सय २९ जना पुरुष, १ सय १६ जना महिला, ६३ जना बालक र २७ जना बालिकाको ज्यान गएको हो ।

सोही दुर्घटनाहरुमा परी १ हजार ४ जना सख्त घाइते र १ हजार १ सय २ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । घाईतेहरु कतिपय उपचार पछि घर फर्केको कतिपय उपचारमै रहेको पनि कार्यालयले जनाएको छ ।

मोटरसाइकल दुर्घटना बढी
गत वर्ष भएका १ हजार ६९ वटा दुर्घटनामा १५ सय ४३ वटा सवारी साधन संलग्न रहेको र सबै भन्दा बढी मोटरसाईकल दुर्घटनामा परेको तथ्याङ्कले देखाएको छ । त्यसपछि ट्रक/टेंकर, कार÷जीप÷भ्यान, बस, ट्याक्टर र टेम्पु रहेका छन् । शारिरीक शक्तिबाट चल्ने रिक्सा, ठेला पनि दुर्घटनामा पर्ने गरेको पाईएको छ ।

एक वर्षमा ५ सय ७७ वटा मोटरसाईकल दुर्घटनामा परेको छ । ट्राफिक प्रहरी कार्यालयले दिएको तथ्याङक अनुसार एक वर्षमा ट्रक/टेंकर ३ सय १६ वटा कार/जीप/भ्यान १ सय ९८, बस १ सय ९४, ट्याक्टर १ सय ३०, टेम्पो १४ र अन्य सवारी साधन ३५ वटा दुर्घटनामा परेको छ । मानिसको शारीरिक शक्तिबाट चल्ने सवारी साधन पनि ७९ वटा दुर्घटनामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web