नासु अपहरण गर्ने शिक्षक पक्राउ…

साउन १४, २०७४ मा प्रकाशित | 860 views

महोत्तरी । आफ्नै साथीको अपहरणमा संलग्न एक शिक्षकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । जिल्ला मालपोत कार्यालय महोत्तरीमा कार्यरत नायव सुब्बा रामजी राय यादवको अपहरणमा संलग्न सर्लाहीको चक्रघट्टा गाउँपालिका– २ बेल्हीका ४७ वर्षीय वीरेन्द्र ठाकुर पक्राउ परेका हुन् ।

उनी सर्लाहीको माध्यमिक विद्यालय धनगढाका प्राथमिक विद्यालयका शिक्षक हुन् । आर्थिक प्रलोभनमा ठाकुरले केही व्यक्तिहरूसँग मिलेर साउन १२ गते बिहीबार आफ्नै साथी नायब सुब्बा रामजी राय यादवलाई महोत्तरी सदरमुकाम जलेश्वरबाट अपहरण गरी भारतको सीतामढी पु¥याएका थिए ।
शिक्षक ठाकुरलाई आज बिहान भारतको सीतामढी थाना सोनवर्षाबाटै पक्राउ गरी नायब सुब्बा यादवलाई अपहरणमुक्त गरिएको सर्लाहीका प्रवक्ता एवं डिएसपी सीताराम रिजालले जानकारी दिए ।

अपहरणकारीले नायब सुब्बा यादवको परिवारलाई चिठ्ठी नै लेखेर दश लाख भारतीय रुपैयाँ माग गरेका थिए । नायव सुब्बा यादवको अपहरणमा संलग्न ४५ वर्षीय भारतीय नागरिक मंजुर सेखलगायत अरु केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web