नेपाली राष्ट्रिय फुटबल टोलीले पाँचओटा मैत्रीपूर्ण खेल खेल्ने

साउन १४, २०७४ मा प्रकाशित | 1129 views

काठमाडौं।१० दिने जापान भ्रमणमा जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीले स्थानीय टोलीहरुसँग पाँचओटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

एसियन कप छनोटअन्तर्गत् ताजकिस्तानविरुद्धको खेलको तयारीमा रहेको नेपालले जापानका विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीहरुसँग पाँचओटा मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले एसियन कप छनोटअन्तर्गत् ताजकिस्तानविरुद्धको खेलका लागि यतिबेला २९ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा रहेका २९ मध्ये २४ खेलाडी जापान जाने एन्फाको भनाइ छ ।

एसियन कप छनोटअन्तर्गत् तेस्रो खेलमा नेपालले आगामी भदौमा ताजकिस्तानसँग खेल्दैछ ।

पहिलो खेलमा फिलिपिन्ससँग पराजय तथा दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपालले घरेलु मैदानमा हुने ताजकिस्तानविरुद्धको खेलका लागि जापानबाट फर्किएपछि अन्तिम टोली सार्वजनिक गर्ने प्रशिक्षक ग्योतोकु कोजीको भनाइ छ ।

१० दिने भ्रमणका लागि नेपाली टोली यही साउन २९ गते जापान प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web