<h3 class="lead" style="text-align: justify; font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">धादिङ । उत्तरी धादिङको रुविभ्याली गाउँपालिकास्थित तिप्लिङका किसान दुग्धजन्य पदार्थ उत्पादनमा आकर्षित हुन थालेका छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यहाँ उत्पादित दुग्धजन्य पदार्थ छिमेकी मुलुक चीनतर्फ निकासी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यहाँका चौरी पालक किसानले उत्पादन गरेको चौरीको घिउ र दूधबाट उत्पादित विभिन्न परिकार चीनमा निर्यात हुने गर्छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">दुग्धजन्य पदार्थको माग बढ्दै गएपछि यहाँका किसान मिलेर डेरी उद्योगसमेत सञ्चालनमा ल्याएका छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">उद्योगले प्रतिलिटर ५० रुपैयाँका दरले दूध किन्ने गरेको छ । चौरीको दूधबाट बनाइएका छुर्र्पी, घिउ र चिज नेपाली ठेकेदारले संकलन गरी निकासी गर्ने गरेका छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">किसानबाट संकलित दूधबाट उत्पादिन विभिन्न सामाग्री बिक्रीवितरण गरेर यहाँका उद्योगले मासिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">तिप्लिङको पसाङ क्षेत्र चौरीपालनका लागि उपयुक्त भएकाले व्यावसायिक चौरीपालनमा सरकारले सहयोग गर्नुपर्ने माग किसानले राखेका छन् ।
16.89¡ÆC