<p style="text-align: justify; margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">रुपन्देही । दोक्लामको विषयलाई लिएर भारत र चीनबीच तनाव बढिरहेको छ । उक्त विषयमाा दुबै पक्ष यतिबेला आक्रमक देखिएका छन् । अनि नेपालबाट चिनीयाँहरु भारत पस्न सक्ने भन्दै भारतले नेपालसँग जोडिएका सीमामा कडाई गरेको छ ।
<p style="text-align: justify; margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">चीन र भारतबीच दोक्लाम सीमामा भएको विवादपछि भारतीय सुरक्षाकर्मीले नेपाली सीमा नाकामा कडाई गरेका हुन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रुपन्देहीको दसगजा क्षेत्र नाघेर नेपाली भूमिमै चेकजाच गर्न थालेको छ ।
<p style="text-align: justify; margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">भारतीय सुरक्षाकर्मीले नेपालबाट भारत प्रवेश गर्ने सर्वसाधारण, नेपाली गाडीलाई बढी चासो दिएर खानतलासी गर्न थालेपछि सर्वासाधरण नेपालीले सास्ती भोग्नु परेको छ । भारतीय सुरक्षाकर्मीले चेकजाँचको निहुँमा नेपालतर्फको बेलहिया नाका नजिकै आएर खानतलासी गर्ने गरेका छन् ।
<p style="text-align: justify; margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">अन्तरर्राष्ट्रिय कानूनअनुसार दसगजा क्षेत्रमा कुनै पनि मुलुकको सुरक्षाकर्मीले प्रवेश गरेर खानतलासी गर्न पाउँदैनन् । भारतीय सुरक्षाकर्मीले सुनौलीसँगै अन्य खुला सिमामा समेत निगरानी बढाएका छन् ।
<p style="text-align: justify; margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">चीनसँगको सीमा विवाद समाधान नहुदासम्म चेकजाच निरन्तर रहिरहने भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।
17.16¡ÆC