संविधानबमोजिम प्रदेशभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ – ओली

साउन १३, २०७४ मा प्रकाशित | 709 views

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमण गरी शुक्रबार स्वदेश फर्केपछि सन्चारकर्मीसँग उनले दुबै तहको एकैपटक निर्वाचन गर्दा पनि आफ्नो पार्टीको आपत्ति नहुने तर प्रतिनिधिसभाको निर्वाचन समयमा हुन नसकेमा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुने बताए ।

संविधानमा आगामी माघ ७ गतेभित्र ती निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था छ ।

अध्यक्ष ओलीले भने–‘यो समय पर सर्नु हुँदैन, कम्तीमा संघीय संसदको निर्वाचन हुनुपर्छ, दुबै निर्वाचन एकैपटक गर्दा मतपत्रको प्राविधिक समस्या पर्ने भए एउटै मतपत्र राखी प्रत्यक्ष प्रणालीमा प्राप्त मतलाई सम्बन्धित दलले समानुपातिक प्रणालीमा पनि उत्तिकै मत प्राप्त गरेको प्रावधानमा पनि जान सकिन्छ ।’

अहिले मुलुक निर्वाचनकेन्द्रित भएकाले संविधान संशोधनका लागि छलफल गर्ने समय नभएकाले निर्वाचनपछि त्यसबारे सोच्न सकिने उनले बताए ।

संविधान संशोधन नभए निर्वाचनमा नजाने राष्ट्रिय जनता पार्टी नेपालको अडानबारे अध्यक्ष ओलीले भने–‘राजपाले साना–साना विषयमा निहुँ खोजेर लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्नुहुँदैन ।’

उनले राजपासँग सम्झौता गर्ने नेपाली कांग्रेसकै कारण सो दलले दोस्रो चरणको निर्वाचनमा भाग नलिएको आरोप लगाउँदै ‘कांग्रेस अहिले पनि दाउपेचको राजनीतिमा छ, ऊ राजपालाई निर्वाचनभन्दा बाहिर राख्न चाहन्छ तर राजपा एमालेका कारण माग पूरा भएन भनिरहेको छ’–भने ।

अध्यक्ष ओली ल्हासाबाट सिगात्से र कैलाश मानसरोवरको सांस्कृतिक तथा पर्यटकीय भ्रमणमा गएका थिए । त्यहाँ रहँदा उहाँले तिब्बत स्वशासित क्षेत्रका पदाधिकारीसँग पनि भेटवार्ता गरेका थिए ।

आफ्नो सरकारका पालामा भएका पारवहनलगायतका सम्झौता पूरा गर्न चिनियाँ पक्ष तयार रहेको बताउँदैै अध्यक्ष ओलीले रसुवाको केरुङ सीमासम्म चीनले रेल बाटो बनाइरहेको र नेपाल सरकारले आग्रह गरेमा सीमाबाट यता नेपालमा पनि सो बाटो विस्तारमा सघाउन चीन तयार रहेको धारणा व्यक्त गरे ।

उनले यसबारे आफूले सरकारलाई अवगत गराउने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web