काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतले बिहीबार पनि फैसला गर्न सकेन ।

न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भएको सुनुवाईमा बहस नसकिएका कारण हेर्दा हेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।

बिहीबार सरकारी वकिल र आयोगका तर्फबाट बहस सकिएको छ । अब रिट निवेदन दायर गर्ने पक्षले बहस गर्न बाँकी छ । बहस आइतबार हुनेछ ।

मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो । त्यसपछि १९ नम्बर वडाका वडा सदस्य गुञ्जमान बिकसमेतले आयोगको निर्णय खारेज गरी मतगणना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

जेठ २१ गते दर्ता भएको यो मुद्दामा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको साढे २ महिना हुनै लाग्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन् । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।

19.12¡ÆC