काठमाडौं । उर्जामन्त्री हुँदा लोडसेडिङ हटाएर छवि राम्रो बनाएका माओवादी नेता जनार्दन शर्मा यतिबेला गृहमन्त्रीको जिम्मेवारीमा छन् । प्रहरीको बढुवामा असन्तुष्टि सतहमा आइरहेका बेला शर्माले उर्जामा कमाएको नाम गृहमा रहँदा बदनामीमा त परिणत हुँदैन रु यस्तो संशय जनमानसमा देखिन थालेको छ ।

यसैसन्दर्भमा हामीले गृहमन्त्री शर्मासँग हालै भएको डीआइजी बढुवा प्रकरणबारे सोधखोज गर्यौं । उनले डीआइजीहरु आफूले भर्ती नगरेको र उनीहरुलाई नम्बर दिने काम पनि नगरेको स्पष्टीकरण दिए ।

साथै प्रहरी संगठनमा राम्रा कामहरु गरेर उदाहरणीय रुपमा जिम्मेवारी निभाउने उनले दाबी गरे । प्रहरी संगठनमा सरुवा बढुवा हुँदा विगतमा आर्थिक चलखेल हुने गरेको भन्दै मन्त्री शर्माले यसपालि पहिलोचोटि विना पैसा प्रहरीको बढुवा भएको बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री हुँदा राम्रो काम गर्नुभएको थियो । योपटक पनि तपाई मन्त्री हुने भएपछि उर्जामन्त्री नै भए हुन्थ्यो भन्नेहरु धेरै थिए । तर, तपाई गृहतिर आउनुभयो । तपाईलाई ‘सफल मन्त्री’को पहिचान दिने उर्जाप्रति वितृष्णा किन ?

उर्जातिर वितृष्णाको कुरा होइन । अब ७/१० वर्षका लागि स्पष्ट कार्ययोजना बनाइसकेको छु । कसरी छिटो निर्माण गर्ने भन्नेमा पनि मार्गचित्र प्रष्ट भइसकेको छ । लोडसेडिङ अन्त्य हुन्छ, फर्किँदैन भन्ने स्थापित भइसकेको छ । संरचनागत रुपमा पनि ट्रेड कम्पनी, इन्जिनियरिङ, उत्पादन, ट्रान्समिसन कम्पनी लगायत र त्यसअन्तरगतका सिस्टर कम्पनीको तयारी भइसकेको छ । जलासययुक्त आयोजना सरकारले बनाउने र ७ वर्षभित्र सक्ने भन्ने भइसकेको छ । त्यसैले मैले चटक्क छाडेको होइन । अहिले विद्युत प्राधिकरण नाफाको अवस्थामा ल्याएर छाडेको छ । नाफा यस अर्थमा कि सरकारलाई तिनुपर्ने ब्याज हिसाव नगर्ने हो भने थोरै मात्र घाटा होला । अर्बौं घाटाबाट यो अवस्थामा आइपुगेको छ ।

20.12¡ÆC