बस चालक निद्रामा

साउन १२, २०७४ मा प्रकाशित | 979 views

दार्चुला । महाकाली राजमार्ग अन्तर्गत सतबाज गोकुले खण्डमा गएराति पवनदुत यातायातको बस ठूलो दुर्घटनाबाट जोगिएको छ  ।

बसका चालक निन्द्राय पछि यात्रुभाग बस ठुलो दुर्घटनाबाट जोगीएको छ ।

दुर्घटनाको पूर्वानुमान पनि गर्न सकिदैन्, त्यसमाथि रात्रिकालिन सवारीमा झनै समस्या । रात्रिकालिन सवारीका ड्राइभरलार्इ सवारी चलाईरहेकै बेला निदाउँदा ठूलो दुर्घटना हुने गरेका छन् । पहाडी लाईन तथा लामो दूरीको यात्रामा यो समस्या झन बढी हुन्छ । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बस यस्तै घटनाबाट जोगिएको छ ।

महाकाली राजमार्ग अन्तर्गत सतबाज गोकुले खण्डमा गएराति पवनदुत यातायातको बस ठूलो दुर्घटनाबाट जोगिएको हो । ड्राइभर निदाएका कारण बस सडकको डिलमा आएर अड्डिएको बसमा सवार यात्रुले बताएका छन् । बस सडकको डिलमा रहेको जालीमा अड्डिएका कारण दुर्घटनाबाट जोगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web