डा.केसीसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

साउन १२, २०७४ मा प्रकाशित | 846 views

काठमाडौं । सरकारले आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् ।

एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने लगायतका सातबुँदे माग राख्दै डा। केसी चार दिनदेखि अनसनमा छन् ।

बैठकपछि सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब अनसन नै बस्न नपर्ने गरी केसीका माग सम्बोधन गर्ने बताए ।

२५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web