बाजुरा ।

जिल्ला मालपोत कार्यालय बाजुराका प्राविधिक कोपीलराज गिरी ८० हजार घुस सहित पक्राउ परेका छन् ।

गिरी स्थनिय एक होटेलमा सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्र्तगतको घर मर्मत कार्यक्रमबाट कमिसन बापतको घुस लिँदै गर्दा प्रहरीले सुराकीको आधारमा रंगेहात पक्राउ गरेको प्रहरी निरीक्षक जगदीश चन्द्र भट्टले बताउनुभयो ।

मालपोत कार्यालय प्रमुख हिरालाल गिरीले तीन हजारको चेक काट्न भनेर कागजमा चिट लेखेर दिएको प्रमाण समेत फेला परेको प्रहरीले बताएको छ ।

18.41¡ÆC