<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">डडेल्धुरा। डडेलल्धुराका मुक्त हलियाका सवालका बारेमा नवनिर्वाचित जनप्रतिनिधि संग अन्तक्रिया तथा छलफल गरिएको छ ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेल्धुराको अगुवाईमा जिल्ला मुक्त हलियाका सवालका बारेमा नवनिर्वाचित जनप्रतिनिधि संग आज जिल्ला सदरमुकाममा अन्तक्रिया तथा छलफल गरिएको हो ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">जिल्ला स्तरिय मुक्त हलिया पुनस्थापन समन्वय समितिको आयोजनामा जिल्लको अमरगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि संग मुक्त हलियाका सवालका बारेमा अन्तरक्रिया तथा नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">अमगरगढी नगरपालिकाका प्रमुख/उपप्रमुखका साथै नगरपालिकाका ११ वडाका वडाध्यक्ष लगायत ११ वडाकै दलित महिला सदस्यहरुलाई पनि दोसल्ला ओडाई सम्मान गरिएको हो ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">कार्यक्रममा अमगरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझालाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेल्धुरा र जिल्ला हलिया मुक्ति समाजले मुक्त हालियाका ८ बुदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">पुस्तौ देखि बसेको घर तथा उपभोग गरेको जमिनको स्वामित्व हलिया कै नाममा गराउनु पर्र्नेे, नेपाल सरकारले हलियाको घर र जमिनको लागी रकम बृद्धी गरी उपलब्ध गराउनु पर्ने, बर्गिकरण तुरुन्त सच्याउनु पर्ने, नेपाल सरकारले योजना निमार्ण र कार्यान्वयन गर्न स्थानीय तहलाई जिम्मा दिनु पर्ने र आर्थिक बर्षमा हलियाको पुर्नस्थापना सख्या बृद्धी गरि १ बर्ष भित्रै पूर्नस्थापनाको काम सक्नु पर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएका हुन् ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख विशेश्वर प्रसाद ओझालेले आफु मुक्त हलियाका सवालमा प्रतिबद्ध रहेको बताएका छन् । आफु मुक्त हलियाको क्षेत्रमा काम गर्न तयार रहेको उनले धारणा थियो ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">साथै उनले नगरपालिकाका मुक्त हलियाको क्षेत्रमा काम गर्नको लागि आफुले सक्दो सहयोग गर्न प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख ओझाले नगर क्षेत्रमा कति मुक्त हलिया छन्, त्यो तथ्याङक उपलब्ध गराउन सम्बन्धी निकायलाई आग्रह समेत गरेका छन् । यसो गरेमा नगरपालिकालाई मुक्त हलियाका क्षेत्रमा काम गर्न सचिलो हुने उनको भनाइ थियो ।
16.23¡ÆC