अप्ठ्यारो मोडमा बाबुराम, पार्टीले खोज्यो उनको विकल्प

साउन १२, २०७४ मा प्रकाशित | 700 views

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई दिनप्रतिदिन चेपुवामा पर्दै गएका छन्। वैकल्पिक शक्ति बनाउने उद्देश्यसहित खोलिएको नयाँ शक्तिले स्थानीय तहमा अत्यन्तै निराशाजनक मत पाएपछि सो पार्टीले उनको विकल्पसमेत खोज्न थालेको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर ठूलो पार्टी बनाउने भट्टराईको योजना नेतृत्वको विषय र पार्टीभित्रका नेताहरूको विचारमा एकता हुन नसक्दा सफल भएन । संघीय समाजवादीसँग पार्टी एकता तत्कालका लागि टरेपछि पार्टीभित्र विवेकशील र साझा पार्टी पार्टीसँग एकता गरेर जानुपर्ने एक पक्षले चर्को रूपमा उठाइरहेका छन् । अर्कोतिर भने नेकपा माओवादी केन्द्रसँग नै पार्टी एकता गरेर अघि बढ्नुपर्ने विषय पनि सतहमा उठ्न थालेको छ। दुवै पक्षले आफूअनुकूल पार्टी एकता गर्न अहिले नै वैचारिक लाइनसमेत त्यहीअनुरूप बनाउने तयारीसमेत गरिरहेका छन्।

माओवादीसँग नजिक भएर जानुपर्ने मत राख्नेहरूले पार्टीको विचार तथा सिद्धान्तमा नै माक्र्सवाद मानेर जानुपर्ने तथा पार्टीलाई तलैसम्म संगठन निर्माण गरेर जानुपर्ने अडान अघि सारेका छन्। विवेकशील साझा पार्टीसँग एकता गरेर जानुपर्छ भन्नेहरू भने पार्टीलाई 'मास बेस'का आधारमा लैजानुपर्ने पक्षमा छन्। समाजवादी फोरम नेपालसँग पार्टी एकता अन्तिम चरणमा पुगेर पनि बिथोलिएपछि भट्टराई भने पछिल्लोपटक पार्टीभित्र चलेको कार्यदिशाको विषयमा अप्ठ्यारो स्थितिमा छन्। ‘जनयुद्ध’को पृष्ठभूमिबाट आएका नेता तथा कार्यकर्ताहरू पार्टीको कार्यदिशामा मार्क्सवादलाई समेट्नुपर्ने तथा पार्टी संगठन तलसम्म नै विस्तार गरेर जानुपर्ने र द्वन्द्वात्मक भौतिकवादका आधारमा अघि बढ्नुपर्ने पक्षमा छन्।

यो अडान राख्नेहरूमा वरिष्ठ नेता देवेन्द्र पौडेल, पार्टी प्रवक्ता खिमलाल देवकोटा लगायतका नेताहरू छन्। तर केशव दाहाल, डम्बर खतिवडालगायतका नेताहरू पार्टी  मास बेसमा अघि बढ्नुपर्ने भन्दै मार्क्सवाद र कम्युनिष्ट कार्यदिशाको पक्षमा छैनन् । संयोजक भट्टराईले बुधबारदेखि सुरु भएको पार्टीको संघीय परिषद् बैठकमा प्रस्ताव पेस गर्दै कार्यदिशा कस्तो बनाउने भनेर प्रस्ताव राखेका छन् ।

उनले मार्क्सवाद राख्ने कि नराख्ने, संगठन विस्तार गरेर जाने कि कसरी अघि बढ्नेजस्ता विषयसमेत अगाडि सारेका छन्। पछिल्लोपटक नयाँ शक्तिमा साझा पार्टी र विवेकशील पार्टीजस्तै नयाँ शक्ति पनि भएको भन्दै उनीहरूबीच एकता गरेर जानुपर्ने बहस चर्किएकोछ । अर्कातिर परिवर्तनका एजेण्डाहरूलाई बचाउन भए पनि माओवादी केन्द्रसँग नै एकता गर्नुपर्ने विषय झनै जोडका साथ उठेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web