दार्चुला । विसं २००६ सालमा २७ जना ब्राहृमणले सामूहिक रुपमा हलो जोतेर सुरु गरेको हलो क्रान्तिको ६८औं वर्षगाँठ बुधबार मनाइयो । तर, नेपालकै यस्ता जिल्ला पनि छन्, जहाँ ब्राहृमणले हलो जोत्नु हुँदैन भन्ने मान्यता अझै जीवितै छ ।

गोरुलाई दुःख दिएर हलो जोत्नु पाप हुने भन्दै दार्चुलाका थुप्रै ब्रहृमणहरुले हलो नजोत्ने गरेको पण्डित देवराज जोशीले बताए । शास्त्रमा कुनैपनि प्राणीलाइ दुःख दिनु पापको भागीदार हुनुपर्छ भन्ने उल्लेख भएकाले हलो नजोतेको जोशीको तर्क छ । केही ब्राहृमणहरुले हलो जोत्ने गरेकोसमेत उनले दावी गरे ।

देशमा प्रजातन्त्रको उदय हुनुअघि ००६ साल साउन ११ गते लमजुङको दुराडाँडा-६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए । राणा सरकारको तानाशाहीसँगै मौलाएको ब्राहृमणबाद र जातीय भेदभाव तथा हलीप्रथा अन्त्यको सन्देश दिन हलो जोतेर सामाजिक चेतनाको सुरुवात गरिएको थियो ।

ब्राहृमणहरुले हलो जोत्न सुरु गरेको ६८ वर्ष पुग्दा समेत दार्चुलाका धेरैजसो बाहुनहरुले हलो जोत्नु पाप ठान्छन् । ब्राहृमणहरुको खेत बाहुन बाहेकका अरु जातका व्यक्तिहरुले मात्रै जोत्ने गरेका छन् ।

19.84¡ÆC