चितवन ।

भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने चार जनालाई चितवन प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका वडा नं २ का ईश्वर बस्नेत, रोशन बस्नेत, मनोज श्रेष्ठ र सोही गाउँपालिका वडा नं १ का रामकृष्ण श्रेष्ठ रहेका छन् ।

उनीहरुले चितवनमा कार्टुन र कागज उत्पादन गर्ने उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिई ५० लाखसम्मको रकम माग गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

16.89¡ÆC