काठमाडौं ।

रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील पार्टीबीच आज एकीकरण भएको छ । एकीकृत पार्टीको नाम 'विवेकशील साझा पार्टी' राखिएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा दुवै अध्यक्षले पार्टी एकीकरणको घोषणा गर्नुभयो ।

हाललाई दुवै पार्टीका अध्यक्ष एकीकृत पार्टीको सहसंयोजकको रुपमा काम गर्ने सहमति भएको छ ।

एकीकृत पार्टीको केन्द्रीय कार्य समिति ५१ सदस्यीय हुने छ । एकीकृत पार्टीको चुनाव चिन्ह तराजु राख्ने सहमति भएको पार्टी घोषणा कार्यक्रममा जानकारी गराइएको थियो ।

पार्टी एकीकरण कार्यक्रममा विवेकशील साझा पार्टीका सह–संयोजक रविन्द्र मिश्रले मुलुकलाई आफ्नै जीवनमा मध्यम आय स्तरको मुलुकको रुपमा रुपान्तरण गर्ने दाबी गर्नुभयो ।

अर्का सह–संयोजक उज्वल थापाले नेपालमा विकासको प्रचुर सम्भावनाहरु भएकाले मुलुकलाई समृद्ध राष्ट्रको रुपमा विकास गर्न इमान्दारीपूर्वक काम गर्ने बताउनु भयो ।

22.2¡ÆC