बाग्लुङको एक नगरपालिकामा शून्य विद्यार्थी, चार शिक्षक

साउन ११, २०७४ मा प्रकाशित | 995 views

बाग्लुङको एक  नगरपालिकामा शून्य विद्यार्थी, चार शिक्षक

बाग्लुङ । हरिचौरस्थित सिद्ध प्राविमा चार शिक्षक, तीमध्ये तीनजना स्थायी छन् । उनीहरू दैनिक विद्यालय आउँछन् । हाजिर गर्छन् र फर्कन्छन् । विद्यालयमा विद्यार्थी नै छैनन् ।

सो विद्यालयमा गत वर्ष २२ जना विद्यार्थी थिए । यो वर्ष १८ जना भर्ना भए । तर, बर्खे बिदा सकिएपछि एकजना पनि विद्यार्थी नआएको व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए । बिदापछि विद्यालय सुरु भएको एक महिना भइसकेको छ । ती विद्यार्थी अन्य विद्यालय गएको उनको भनाइ छ ।
सिद्ध प्रावि ०४१ सालमा स्थापना भएको हो । ०६९ सालमा सबैभन्दा धेरै ३५ विद्यार्थी भर्ना भएका थिए । त्यसयता निरन्तर विद्यार्थी घटिरहेको थापाले बताए ।

त्यसो त विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर थापाले समेत आफ्नी छोरीलाई अर्कै विद्यालय भर्ना गरिदिएका छन् । विद्यालय भेलामा शिक्षकहरूले घरदैलो अभियान गर्ने र विद्यार्थी संख्या बढाउने विषयमा छलफल भएको थियो । तर, घरदैलो गर्न शिक्षकहरूले नमानेको थापाको भनाइ छ ।

विद्यालयका प्रध्यानाध्यापक हिमबहादुर खत्रीले आफूहरूले व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघलगायतको निर्णयअनुसार काम गरे पनि विद्यार्थी नआएको बताए । ‘मैलै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार घरदैलो अभियान अगाडि बढाउन भनेँ तर अध्यक्षज्यूले आफ्ना बालबच्चा अर्को विद्यालयमा भर्ना गरिसक्नुभएछ,’ प्रधानाध्यापक खत्रीले भने, ‘जिम्मेवार व्यक्तिले समेत यस्तो गरेपछि कसरी विद्यार्थी बढाउने ?’ आफूहरूलाई थाहा नदिई अभिभावकले बालबच्चा छिमेकी विद्यालय पठाउँदा पनि समस्या आएको उनले बताए ।

विद्यार्थी आउन छाडेको एक महिना भइसक्दा पनि शिक्षा कार्यालयले वास्ता नगरेको प्रजिअ खत्रीले बताए । ‘एक महिना भइसक्यो शिक्षा निकायले पनि कुनै पहल गरेको छैन,’ प्रअ खत्रीले भने, ‘स्रोतव्यक्ति बमबहादुर थापाले विद्यालय जाऊ र हाजिर गर भन्ने निर्देशनका आधारमा प्रत्येक दिन हाजिर हुनकै लागि विद्यालय जाने गरेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web