अबैधानिक भन्दै एक शैक्षीक सस्थामा बिद्यार्थी संगठनद्धारा तालाबन्दी

साउन १०, २०७४ मा प्रकाशित | 992 views

अबैधानिक भन्दै एक शैक्षीक सस्थामा बिद्यार्थी संगठनद्धारा तालाबन्दी

डडेल्धुरा । बिप्लप समुहको बिद्यार्थी संगठन अखिल क्रान्तीकारी र माओवादी केन्द्र निकट बिद्यार्थीले मङगलबार  होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरमा तालाबन्दी गरेका छन् ।

उनीहरुले सयुंक्त प्रेस विज्ञप्ती जारी गर्दै एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टर सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त नभएको उल्लेख गरेको छ ।

गरिब जनताका छोरा छोरीलाई ठगेको आरोप लगाउदै  ट्रेनिङ सेन्टरमा तालाबन्दी लगाएको बिप्लप माओवादी निकट बिद्यार्थी संगठनका केन्दीय सदस्य दिपक भण्डारीले  छ । सिटिईभिटीद्धारा सम्बन्धन प्राप्त शैक्षीक सस्था हो भन्दै एफसिआई होटल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरले १८ महिने डिप्लोमा कोर्ष पढाउने भन्दै सोझा साझा बिद्यार्थीलाई सपना देखाई ठगी तथा लुटको धन्दा चलाईरहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ, अखिल क्रान्तीकारीले प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

साथै अखिल क्रान्तीकारीले उक्त शैक्षीक सस्थालाई कडा कार्वाहिको माग गर्दै पिडित बिद्यार्थिलाई क्षतिपुर्ती उपलब्ध गराउन जोडदार माग गरेको छ । साथै क्रन्तीकारीले आफ्नो माग पुरा नभए कडा संघर्ष गर्न बाध्य हुने कुरा समेत बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

तर उता एफसिआई होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सन्चालक मिलन भाटले भने चन्दा नदिए पछि अखिल क्रान्तीकारीले आफ्नो शैक्षीक सस्थामा तालाबन्दी गरेको आरोप लगाएका छन् ।

। आफु संग दार्ता प्रमाण भएको र आफुले तिन बर्ष देखी बिद्यार्थीलाई सेवा दिदै आएको सञ्चालक भाटले बताएका छन् । उनले भने ३ जना पुराना बिद्यार्थीहरुलाई सिकाएर गलत नहुने र बुधबार जिल्ला प्रसासनमा सबै कुरा बताउने बताएका छन् । सञ्चालक भाट नेपाली काग्रेस बिचार धाराका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web