<p style="font-size: 16px; color: rgb(47, 59, 63); text-align: justify;">काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरु अब हेडक्वाटर तिर हैन जनतातिर फर्किनुपर्ने बताएका छन् ।</p><p style="font-size: 16px; color: rgb(47, 59, 63); text-align: justify;">पार्टी कार्यलय पेरिसडांडामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले भने “माओवादी एकैचोटी फुटेर धेरै भए, तर अब फेरि एकैचोटी जुटछौं र तेस्रो पार्टी एकैचोटी पहिलो पार्टी बन्छौं ।’</p><p style="font-size: 16px; color: rgb(47, 59, 63); text-align: justify;">उनले पार्टी फेरि एकताका लागि पहल भइरहेको र सबै फुटेका माओवादी एकैचोटी एकजुट हुने तथा एकैचोटी पहिलो पार्टी हुने बताएका छन् । उनले भने, ‘हामी कहि न कहीँ बिग्रिएकै हो तर अब साच्चिकै सच्चिएर जान चाहन्छौं । माओवादी सच्चियोस् भन्ने जनताले चाहेका छन् ।’</p>
17.16¡ÆC