काठमाडौं ।

आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ५ विकेटको फराकिलो अन्तरले पराजित गरको छ ।

सोमबार भएको पाँचौँ खेलमा ५ विकेटले हराउँदै नेपाल समुहको दोस्रो स्थानमा उक्लन सफल भएको छ । नेपाल पाँच खेलमा चार जित र एक हारसँगै आठ अङ्कसहित दोस्रो स्थानमा रहन सफल भएको हो ।

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा जम्मा ८९ रन बनाउँदै अलआउट भयो ।

विजयी लक्ष्य नेपालले केवल २२.२ ओभरमा पाँच विकेट गुमाएर पुरा गरेको हो ।

मलेसियाको लागि ब्याटिङ गर्दै साएद अजिजले ४६ तथा विरनदीपले १० रन बनाए । मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्कंदा नेपालले थोरै लक्ष्य पायो ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए । उनले ९.१ ओभर बलिङ गरी एक मेडन राखेर १३ रन मात्र खर्चे ।

साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए । आलमले ९ ओभरमा २३ रन दिए । मलेसियाविरुद्ध सोमबारको खेलमा डेब्यु गरेका ढकालले पाँच ओभरमा एक मेडन राखि १५ रन दिए ।

नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए । उनले ३७ बलमा छ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले अविजित १९ रन, सन्दीप सुनारले १५ र अनिल साहले १२ रन बनाए ।

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा हफिजुद्धिनले दुई विकेट लिए ।

26.12¡ÆC