छाउ गोठमा सुतेकी महिलालाई बलत्कारको प्रयास

साउन ८, २०७४ मा प्रकाशित | 993 views

<p>मोहन पनेरू , डोटी । &nbsp;छाउ गोठमा सुतिरहेकी डोटीकी एक महिलालाई बलत्कारको प्रयास गरिएको छ । डोटीमा महिनावारी हुदा घर नजिकैको &nbsp;छाउगोठमा सुतिरहेकी २२ बर्षिय एक युबतीलाई शुक्रबार राति ११ बजे नातामा ससुरा पर्ने ४८ बर्षका अमै भुलले बलत्कारको प्रयास गरेको परिवार श्रोतले जनाएको छ । </p><p>रातिको समयमा खाना खाएर सुति रहेको बेला छाउगोठको ढोका खोलेर भित्र आएको र युबतीले को हो रु भनि सोध्दा केहि नबोलेको र पछि हल्ला गर्दा सबैले थाहा पाएपछि भुल भागेको पिडित युबतीले बताउनुभयो । घटना भएको राति नै प्रहरीलाई खबर गरेको र आज ३ दिन भई सक्दा पनि आरोपी भुल फेला नपरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।&nbsp;</p><p>यो मात्र नभई महिनावारीका बेला छाउ गोठमा सुत्नाले यस्ता घटना डोटी लगाएत सुदुरपश्चिमभरिका अन्य जिल्लाहरुमा पनि ब्याप्त रहेको छ । छाउगोठ हटाउनको लागि यस क्षेत्रमा दर्जनौ सरकारी तथा गैर सरकारी संस्थाले करोडौ रकम बगाएका छन् । तर समस्या भने जुहुको तुहु नै रहेको छ । सुदुरपश्चिमका अन्य जिल्ला जस्तै &nbsp;डोटीमा पनि महिनावारी ह्ुदा &nbsp;छाउगोठमा सुताउने , दुध दहि खान नदिने , बोटबिरुवा छुन नदिने र मन्दिरमा जान नदिने जस्ता थुर्पै अन्दबिश्वासहरु कायमै रहेको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web