काठमाडौं । कैलालीमा लागु औषध प्रयोग गर्नेहरुको सख्यामा वर्षेनी बृद्धि हुँदै गएको एक तथ्याङ्कले देखाएको छ । गत वर्ष भन्दा करिव ५० प्रतिशतले लागूऔषध प्रयोग गर्नेको सख्या बढेको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा लागूऔषध सम्बन्धी जिल्ला प्रहरी कार्यालय कैलालीमा २३ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७३/०७४ मा ३६ वटा मुद्धा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७२/०७३ मा २३ मुद्धामा ३३ जना पक्राउ परेका थिए भने गत आर्थिक वर्षमा ३६ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) वीरबहादुर बुढामगरले जानकारी दिए ।

बुढामगरका अनुसार चरेश, नाईट्रोभेट, स्पास्मोप्रक्सोभन, अपिडोल क्यापटप र ब्राउन सुगरका प्रयोग कर्ता र ओसार प्रसारमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।

उनले भन्सारमा कडाई गरीए पनि खुल्ला सीमानाकाका कारण लागूऔषध ओसारपसारमा संलग्नहरुलाई नियन्त्रणमा लिन कठिनाई हुने गरेको बताए ।

बेला बेलामा सीमामा हुने समस्यालाई समाधान गर्न दुई देशबीचको बैठकमा लागूऔषध नियन्त्रणबारे छलफल हुने गरेपनि खुला नाकाका कारण कठिनाई उत्पन्न हुने गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रीजालले बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालले भन्सारमा रहेका दुवै देशका सुरक्षा निकायले बेलाबेलामा लागूऔषध नियन्त्रणमा लिने गरेको भएपनि नेपालमा प्रतिबन्धित औषधिहरु सीमा नजिकैको भारतीय बजारमा भने खुलेआम विक्री वितरण हुने भएका कारण नियन्त्रणमा समस्या हुने गरेको बताए ।

18.43¡ÆC