माओवादीले क्रान्तिको बाटो पूर्णरुपमा छाड्यो, अब ‘संसदवाद’मा

साउन ८, २०७४ मा प्रकाशित | 943 views

काठमाडौं ।  बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै आएको माओवादी केन्द्रले औपचारिक रूपमै ‘संसद्वाद’ अवलम्बन गरेको छ। पार्टी सचिवालय बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनलाई अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रूपमा संस्थागत उपयोग गर्ने लिखित प्रस्ताव पेस गरेपछि माओवादीले औपचारिक रूपमा ‘संसद्वाद’ लाई अवलम्बन गरेको हो।

दाहालको लिखित प्रस्तावलाई सचिवालय बैठकले पारित गरेको छ। दाहालले निर्वाचनलाई रुसमा लेनिनले ‘दुमा’ उपयोगको अर्थका रूपमा नेपालमा लिन नहुने भन्दै अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक नीति उपयोग गर्नुपर्ने उल्लेख गरेका छन्। ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको वर्तमान चरणमा पार्टीले निर्वाचनलाई लेनिनले ‘दुमा’ को उपयोग गरेको अर्थमा नलिई सर्वहारा श्रमजीवी वर्गको संघर्षले ल्याएको उपलब्धिलाई संस्थागत र उपयोग गर्ने नयाँ चरणको क्रान्तिको तयारीको अर्थमा ग्रहण गर्नुपर्छ’, सचिवालय बैठकले पारित गरेको दाहालको दस्ताबेजमा जोड दिइएको छ।

लेनिनले सन् १९०५ को निर्वाचनमा पार्टी पराजित भएपछि पार्टी बचाउन भन्दै पुनः क्रान्तिमै जाने निर्णय लिएका थिए। माओवादी केन्द्रले पनि यसअघि निर्वाचनलाई मात्र उपयोगका रूपमा लिँदै आवश्यक परे फेरि क्रान्तिमै फर्किने बताउँदै आएको थियो। तर, शनिबार पारित दाहालको राजनीतिक प्रतिवेदनपछि भने वैधानिक रूपमा अबदेखि उसले निर्वाचनलाई प्रयोग गर्ने स्पष्ट गरेको छ। केन्द्रीय सचिवालय बैठकमा यो विषयलाई व्याख्या गर्दै दाहालले पार्टी निर्वाचनमा पराजित भए पनि संस्थागत प्रयोग गर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ‘हामीले निर्वाचन नजिते पनि चुनावलाई अब उपयोग गर्दै जनताबाट नभागी संस्थागत र उपयोग गरेर जानुपर्छ’, दाहालको भनाइ थियो। प्रतिगमन निम्त्याउने षड्यन्त्र दाहालले अहिलेको परिवर्तन उल्टाउन देशीरविदेशी चलखेल भइरहेको पनि दस्ताबेजमा उल्लेख गरेका छन्। परिवर्तन संवाहक पार्टीका नाताले माओवादीले प्रतिक्रियावादको जुनसुकै षड्यन्त्रको सामना गरेर जानुपर्ने दाहालले बताए। ‘

अहिलेको परिवर्तन सामन्ती शक्ति, वैदेशिक प्रतिक्रियावादी शक्तिलाई पचेको देखिँदैन। ०६२र६३ को जनआन्दोलनका सहयात्रीलाई पनि चित्त बुझेको छैन’, दाहालको गोप्य दस्ताबेजमा भनिएको छ, ‘कांग्रेसको बुर्जुवा यथास्थितिवादी धारा र एमालेको पहाडिया उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी संशोधनवादी धारालाई मलजल गरेर प्रतिगमनतिर लाने षड्यन्त्र भइरहेको छ। यसको सामना गरेर जानुपर्छ।’ जनतासँग घनिष्ट सम्बन्ध गाँसिएको सुढृढ संगठन नै प्रतिक्रियावाद, अवसरवादविरुद्धको संघर्षमा सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको अचुक हतियार हुने दाहालको दस्ताबेजमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web