रामेछाप । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (वि.सं १९८१–२०३५) को ३९ औं स्मृति दिवस आज देशैभर मनाईएको छ । वि.सं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरि संस्थापक महासचिव बन्नुभएका श्रेष्ठलाई नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष मानिन्छ । श्रेष्ठले राणा शासन हटाएर नेपालमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेलेका थिए ।

यसैबीच नेपाका एमालले आज आफ्ना पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अबसरमा राजधानीमा स्मृति सभाको आयोजना गरेको छ । यता गृह जिल्ला रामेछापमा पनि पुष्पलालको सालिकमा माल्र्यार्पण गरि उनको सम्झना गरिएको छ । जन्मथलो भंगेरी र सदरमुकाम मन्थलीको हाटेचौरमा रहेको उनको सालिकमा आज बिहान एमाले नेता कार्यकर्ताले माल्यार्पण गरेका छन ।

स्मृति सभामा एमाले केन्द्रीय सदस्य देवशङ्कर पौडेलले नेपालमा लोकतन्त्र ल्याउन एमालेले निकै संघर्ष गरेको र त्यसको सुरुवात पुष्पलालले नै गरको बताएका छन । पुष्पलालले कम्युनिष्ट आन्दोलनको अगुवाई नगरेको भए नेपालमा आजसम्म पनि सामन्ति र शोषकले अधिपत्य जमाईरहेको हुने थिए भन्दै पौडेलले वर्गीए विभेदलाई निमूृल पार्न जनताका छोराछोरी पनि राज्यको नीतिनिर्माण तहसम्म पुग्नुपर्छ भन्ने कदम चालेको बताए ।

जनताका छोराछोरीले पनि पढलेख गर्न पाउनुपर्छ भन्ने सोचका साथ पुष्पलालले आन्दोलन थालेकाले नै आज नेपालको सर्वोच्च तहमा महिला र जनताका छोराछोरी पुगेको पौडेलको भनाइ छ ।

16.49¡ÆC