इटहरीका मेयरले एमाले अध्यक्षबाट राजीनामा दिने

साउन ६, २०७४ मा प्रकाशित | 1291 views

काठमाडौं । नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पार्टीको कार्यकारी पदबाट राजिनामा दिने भएका छन् ।

चौधरीले चाँडै पार्टीको बैठक राखेर अध्यक्ष पदबाट राजिनामा दिने तयारीमा गरेका हुन् । उनले यसबारेमा पार्टी केन्द्रको कुनै सर्कुलर नआए पनि पार्टीको कार्यकारी जिम्मेवारी अर्को कमरेडलाई हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

चौधरीले अनलाइनखबरसँग भने- ‘दुईतिरै टाँसियो भने पार्टीमा पनि र जनताको पनि राम्ररी काम अघि बढाउन सकिँदैन । मैले चाँडै जिल्ला कमिटी बैठकमा चुनावको समीक्षा गरेर राजिनामा दिने सोच बनाएको छु ।’

चौधरीले अगाडि भने- ‘आखिर पूर्वजिल्ला अध्यक्षको हैसियतले प्रदेश कमिटी सदस्य भइहाल्छु, त्यसैले किन दोहोरो पद ओगट्ने भन्ने निर्णयमा पुगेको हुँ ।

मेयर चौधरीले अहिले भइरहेका पदाधिकारीबाटै कसैलाई अध्यक्षको जिम्मेवारी दिने र जिल्ला अधिवेशनका लागि आयोजक समिति गठन गर्ने बताए । पार्टीको कार्यकारी पदमा रहेकाहरुले जनप्रतिनिधि भइसकेपछि जिम्मेवारी अर्को कमरेडलाई हस्तान्तरण गर्नु ठीक हुने उनले बताए ।

उता एमालेका दोलखा जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलको भने चौधरीको भन्दा अलि फरक धारणा छ । उनी तामाकोशी गाउँपालिकको अध्यक्ष निर्वाचित भएका छन् । तर, जनप्रतिनिधि हुँदैमा पार्टीको काममा कुनै असर नपर्ने र राजीनामा दिनु नपर्ने उनको तर्क छ ।

पोखरेलले अनलाइनखबरसँग भने-पार्टीको कार्यकारी पदमा रहँदैमा जनप्रतिनिधिको भूमिका कमजोर हुन्छ भन्ने कुरा चाहिँ म मान्दिनँ । मैले पार्टी र गाउँपालिका दुबै चलाइरहेकै छु । जनताका अधिकांश काम वडाबाटै हुन्छन्, हामीले त बजेट तर्जुमा गर्ने र नीतिगत काममात्रै गर्ने हो ।

प्रधानमन्त्री हुने नेताले पार्टी अध्यक्षबाट राजीनामा दिएको अहिलेसम्म कुनै पार्टीमा नदेखिएको उदाहरण दिँदै गाउँपालिका अध्यक्ष पोखरेलले जनताको काम गर्न पार्टीको जिम्मेवारीले सहज र उत्तरदायी बनाउने बताए ।

यद्यपि अब जिल्ला अधिवेशन गरेर पार्टी अध्यक्षबाट बिदा लिने निर्णय उनले गरेका छन् । पोखरेलले आगामी असोज २७ र २८ मा जिल्ला अधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताए ।

त्यसो त दोलखामा एमालेका जिल्ला अध्यक्ष पोखरेल, उपाध्यक्ष नरवहादुर श्रेष्ठ र सचिव भरत दुलाल तीनैजना विभिन्न गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका छन् ।

कसले जिते, कसले हारे ?

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ७५ मध्ये १८ जिल्लाका अध्यक्षलाई नै चुनावी मैदानमा उतारेको थियो । ती जसमध्ये आधाले चुनाव जिते भने आधाले हारे ।

पहिलो र दोस्रो चरणको चुनावी परिणाम आइसक्दा गाउँपालिका र नगरपालिका प्रमुख उम्मेदवार बनेका १८ मध्ये ९ जना एमाले जिल्ला अध्यक्ष सफल भए भने ८ जना पराजित भए ।

एमालेले यसपटक दुईवटा महानगर र दुई उपमहानगरपालिकामा पार्टीका जिल्ला अध्यक्षलाई मेयरमा उतारेको थियो । महानगरको मेयर उठेका दुबै अध्यक्षहरुले चुनाव हारे भने उपमहानगरको उम्मेदवार बनेका दुवै जिल्ला अध्यक्ष जिते ।

ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार ललितपुर महानगरपालिकामा र मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाल बिराटनगर महानगरपालिकामा पराजित भए । काठमाडौं महानगरपालिकाको मेयरमा काठमाडौंका जिल्ला सचिव विद्यासुन्दर शाक्यले जिते ।

चुनावी मैदानमा गएका जिल्ला अध्यक्षहरुमध्ये सुनसरी, भोजपुर, ओखलढुंगा, दोलखा, काभ्रे, गुल्मी, रुपन्देही, सल्यान र बाजुराका अध्यक्षले चुनाव जितेका छन् ।

सुनसरीका द्वारिकलाल चौधरी इटहरी उपमहानगरको मेयर जितेका छन् । भोजपुरका प्रेमकुमार राई जिल्लाका एमाले बाहेक सबै दलहरुको महागठबन्धनलाई हराएर हतुवागढी गाउँपालिका अध्यक्ष भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web