प्रेम गरेको भन्दै निर्घात कुटिए युवायुवती (भिडियो सहित)

साउन ६, २०७४ मा प्रकाशित | 6998 views

बुटवल ।

प्रेम सम्बन्ध राखेको आरोप रुपन्देहीको मर्चबारका २ युवायुवती निर्घात कुटिएका छन् ।

साविक असुरैना गाविस तथा हालको सम्मरीमाई गाउँपालिका ६  डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन् । मीना १८ र दिनेश २१ वर्षका हुन् ।

विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हालेर उनीहरुलाई लठ्ठी र लात्तीले हिर्काएका थिए । घटनाका बेला २५ जना बढी रमिते बनेर हेरेका थिए ।

घटनामा उक्साउने छिमेकी र स्थानीय मिलेर युवकको परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् । प्रेम सम्बन्धको कारण युवती बदनाम भएको र विवाह गर्नुपर्ने भएकाले दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना लिएको स्थानीयले बताए । घटनापछि दुवैजना आआफ्नो घरमा छन् ।

प्रहरीले समेत घटना गुपचुप राखेर मिलाएका बेला स्थानीय एक युवकले बिहीबार भिडियो सार्वजनिक गरेपछि बल्ल बाहिर आएको हो । स्थानीय रमेश कोहारका अनुसार मीना र दिनेश दुवै विवाहित हुन् । बाल विवाह भएकी मीना गौना नगरेका कारण माइतैमा बसेकी थिइन् ।  उनीहरु पछिल्लो समय नजिकिएका थिए ।

दुईको प्रेम सम्बन्ध रहेको शंकामा मीनाको परिवारले दिनेश घर आएको समयमा दिनेशलाई नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web