<p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;"><span style="font-weight: 700;">जुम्ला ।</span> कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल कलेजका लागि जग्गा प्राप्तिको बहाना बनाएर उपकुलपति डा. राजेन्द्रराज वाग्ले असार दोस्रो साता काठमाडौं गए ।</p><p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;">अस्पताल निर्देशक धर्मराज गोसाईलाई साथमा लिएर उनी काठमडाौं तर्फ लागेको एक साता नबित्दै रजिष्ट्रार विश्वराज काफ्ले पनि एकेडेमिक डिन प्राधयापक डा. मोदनाग मराठलाई लिएर जग्गा प्राप्तिको निहुँमा काठमाडौतर्फ लागे । तर, प्रतिष्ठानलाई जग्गा प्राप्त भएन । प्रतिष्ठानका जग्गा प्राप्तिका लागि आएको ९७ लाख रुपैयाँ फ्रिज भयो ।</p><p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;">विभिन्न बहानामा प्रतिष्ठानका पदाधिकारी काठमाडौंमा केन्द्रित भएपछि जुम्ला शिक्षण अस्पताल पदाधिकारीविहीन छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय कर्णालीमै भएकाले अधिकांश समय कर्णालीमै बस्नुपछर् । </p>
23.64¡ÆC