सडकमा लापरवाही, एकै चालक ५० पटकसम्म कारबाही

साउन ६, २०७४ मा प्रकाशित | 762 views

काठमाडौं । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लंघन गरे ।

कहिले लेन अनुशासन मिचेको त कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा उनी कारबाहीमा परे। चालक फेरिए पनि बस चलाउने तरिका फेरिएन। जो आए पनि कारबाहीमा परिरहे।

सोविन्द तामाङले चलाएको माइक्रोबसले ठक्कर दिँदा २ वर्षअघि नयाँ बसपार्कमा पैदलयात्री ४ वर्षीय अनुप तामाङको मृत्यु भयो। प्रहरी विवरणमा दुर्घटनाको कारण चालकको लापरबाही भन्ने प्रष्ट छ। तिनै सोविन्दले ट्राफिक अनुशासन उल्लंघन गरेबापत २७ पटक जरिवाना तिरे। तर गाडी चलाउने सरकारी अनुमति पाइरहे।

अर्जुन सेवाले चलाएको माइक्रोबसले किच्दा एक वर्षअघि चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको मृत्यु भयो। नयाँ बानेश्वरस्थित विद्या संस्कार विद्यालयको विद्यार्थी बोकेको बा१य ४३ नम्बरको हरियो प्लेटको माइक्रोबस अचानक ब्रेक फेल भई दुर्घटना भएको थियो।

यसमा तीन किसिमका कमजोरी थिए। बसमा बढी विद्यार्थी हुनु, बस अति जीर्ण हुनु र पटकपटक गल्ती गर्ने चालक हुनु। प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार सेवाले लाइसेन्स लिएको ९ वर्षमै सानाठूला गरी २६ दुर्घटना गराएका छन्।

२०६३ मा वाग्मती अञ्चल कार्यालयबाट लाइसेन्स  लिएको केही महिनामै उन्नले ठक्कर दिए र जरिवाना तिरेर निस्के। ट्राफिक प्रहरी महाशाखाका अनुसार ६ महिनामा उले ३ पटक जरिवाना तिरे।

२०६७ मा उनले १० पटकभन्दा बढी जरिवाना तिरे। २०७२ मा ५ पटक जरिवानमा परे। ०६५ सालमा तनहुँको घाँसीकुवामा दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web