<p style="margin-bottom: 25px; font-family: "Ek Mukta", sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;"><strong>भक्तपुर।</strong> भक्तपुरको कमलविनायक भत्केको पाटीमा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । फर्निचरमा गएराति आगलागी हुँदा उद्योगमा रहेका फर्निचर एवं मेशिन जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपु्रका प्रवक्ता डिएपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।</p><p style="margin-bottom: 25px; font-family: "Ek Mukta", sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;">डिएपी प्रसाईका अनुसार गए राति पौने १२ बजे स्थानीय बासिन्दा चरण खायमलीको फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वारुण यन्त्र भक्तपुर र ललितपुरका दमकलल तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै २ बजे आगो नियन्त्रणमा आएको थियो ।</p><p style="margin-bottom: 25px; font-family: "Ek Mukta", sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;">कारखानामा राती कोही पनि नबस्ने भएकाले आगलागीको कारण भने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डिएपी प्रसाईले जानकारी दिनुभयो ।</p>
16.09¡ÆC