<p style="margin-bottom: 20px; padding: 0px; line-height: 30px; border: 0px; outline-style: initial; outline-width: 0px; vertical-align: bottom; background-image: initial; background-position: initial; background-size: initial; background-repeat: initial; background-attachment: initial; background-origin: initial; background-clip: initial; font-family: "Ek Mukta", sans-serif; text-align: justify; font-size: 20px !important;">काठमाडौं – निर्वाचन आयोगले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले कार्यतालिकासहितको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । </p><p style="margin-bottom: 20px; padding: 0px; line-height: 30px; border: 0px; outline-style: initial; outline-width: 0px; vertical-align: bottom; background-image: initial; background-position: initial; background-size: initial; background-repeat: initial; background-attachment: initial; background-origin: initial; background-clip: initial; font-family: "Ek Mukta", sans-serif; text-align: justify; font-size: 20px !important;">प्रदेश नं. २ का ८ (आठ) जिल्लाका १२७ (एक सय सत्ताइस) स्थानीय तह (गाउँपालिका÷नगरपालिका) को निर्वाचन सम्पन्न गर्नको लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तय गरेको छ । <br>यस्तै असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको पनि प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । </p>
16.09¡ÆC