टोकियो ।

परदेशी भूमिमा रहेर लोकगीत मार्फत लोकप्रिय बनेका गायक सूर्य खड्का र मोडल तथा गायीका सोना केसीले प्रवासमा रहेका नेपालीको भावना समेटेर तीज गित ल्याएका छन् ।

युट्युव मार्फत सार्वजनिक तीज गित विदेशै रंगीयो सारीले बोलको गित सार्वजनिक भएको तीन दिनमै लोकप्रिय बन्न पुगेको छ ।

लय तथा शव्द सिर्जना आफ्नै राखेर स्वरवद्ध गरेका गायक खड्काले तिज गितको भिडियो समेत आफ्नै युट्युवमार्फत राखेका छन् । युट्युवमा राखिएको दुई दिनमै ८० हजार बढी पटक हेरिएको भिडियो लोकप्रिय बन्न पुगेको छ ।

विदेशमा रहेका नेपालीले आफ्नो संस्कृती नभुल्ने भन्दै व्यस्तताका बिचपनी धार्मीक र सांस्कृतीक महत्व बोकेको तीजमा सारीले रंगिएर मन बहलाउने भाव बोकेको गितमा गायक खड्का र गायीका सोनालाई देख्न सकिन्छ ।

अभिनयको क्षेत्रमा समेत लोकप्रिय गायिका सोनासँगै ईन्द्र भण्डारीको नृत्य रहेको तीज गितको म्युजिक भिडियो पछिल्लो समय जापानमा म्युजिक भिडियो निर्माणमा लोकप्रिय बन्दै आएका रोशन कार्कीले गरेका हुन् ।

गुँरास मुभिको प्रस्तुतीमा आएको भिडियोको सम्पादन विष्णु सुवेदी निशानले गरेका हुन् भने भिडियो निर्माणमा जापानमा व्यवसाय गर्दै आएका ईश्वरी कँडेलले सहयोग गरेका छन् ।

24.89¡ÆC