धादिङ ।

धादिङको बेनिघाट रोराङ गाउँपालीका वडा नम्बर ५ स्थित विशालटारमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी अन्य १० जना घाईते भएका छन् ।

काठमाण्डौँ बाट काकरभिट्टाको लागी छुटेको बस राती पृज्वीराजमार्ग अन्तरगत विशालटार स्थित सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक झापा शिवसतासी गाउँपालिका वडा नम्बर ६ का कमल ढुङगाना र सोहि स्थान बस्ने सह– चालक नवराज सिवाकोटी रहेका छन् ।

दुर्घटनामा परी घाईते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचार पश्चात काठमाण्डौँ लगीएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

16.49¡ÆC