वीरगञ्ज भन्सार कार्यालयद्वारा १०१ प्रतिशत राजश्व असुली

साउन ४, २०७४ मा प्रकाशित | 1145 views

वीरगञ्ज ।

वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ ।

गत आर्थिक वर्षमा १ खर्ब ७ अर्ब ११ करोड ३१ लाख ६३ हजार राजश्व संकलनको लक्ष्य राखेकामा १ खर्ब ८ अर्ब १० करोड ७७ लाख ८७ हजार राजश्व उठाउन सफल भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले मुख्य रूपमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तः शुल्कतर्फ बढी राजश्व उठाएको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताउनुभयो ।

कार्यालयलाई करिब ४० प्रतिशत राजश्व भारतीय गाडीको निकासीबाट आउने गरेको छ । गत आर्थिक वर्षमा १ लाख १४ हजार थान मोटरसाइकल, ८ हजार थान कार, १७ हजार थान बस र ट्रक तथा १ हजार ६३३ थान ठूला ट्रक नेपाल भित्रिएका थिए ।

भन्सारले आर्थिक वर्ष २०७१/७२ मा रु ९१ अर्ब राजश्व उठाउने लक्ष्य राखेकामा रु ९८ अर्ब संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा रु ७१ अर्ब राजश्व असुली गर्ने लक्ष्य लिएकामा रु ५५ अर्ब मात्र संकलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web