धादिङमा पहिरोले ७ घर पुर्यो

साउन ४, २०७४ मा प्रकाशित | 7964 views

धादिङ ।

धादिङको गंगाजमुना गाउँपालिका–२ स्थित कुन्दुङ गाउँमा आज बिहान पहिरोले ७ घर पुरेको छ । गंगाजमुना–१ को ख्यामीडाँडा भन्ने ठाउँबाट पहिरो झरेर गाउँ पुरिएको हो ।

१२ घर रहेको त्यस गाउँमा पानी परेसँगै ढुंगाहरू खस्न थालेपछि मानिसहरू भने हिजो साँझ नै अन्यन्त्र स्थानान्तरण भएका थिए ।

मानिस सबै अन्यन्त्र पुगेकाले मानवीय क्षति नभएपनि सात वटा घर पुरिएको र पहिरो अझै पनि आइरहेकाले बाँकी घरहरु पनि पुरिन सक्ने गंगाजमुना गाउँपालिका–१ का वडा अध्यक्ष फैसिङ तामाङले बताउनुभयो ।

भूकम्प पश्चात नै पहिरोको जोखिमयुक्त क्षेत्र घोषणा गरिएको उक्त गाउँ सदमुकाम धादिङवेसीबाट दुई दिनको पैदल यात्रामा पर्दछ ।

जिल्ला दैवी प्रकोप उद्वार समितिको बैठक बसेर पहिरो पीडितलाई तत्काल अन्यत्र सार्ने र राहत पुर्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web