मोरङ ।

मोरङ लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।

घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

18.12¡ÆC