सरकार संविधान संशोधनबाहेक जुनसुकै माग पुरा गर्न तयार

साउन ४, २०७४ मा प्रकाशित | 702 views

काठमाडौं ।

नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग संविधान संशोधन प्रस्ताव बाहेकका अन्य सबै माग पूरा गर्ने सरकारले प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपा नेपालका शीर्ष नेताको बैठकमा कांग्रेस,माओबादी केन्द्रका शिर्ष नेताले  संविधान संशोधन प्रस्ताब तत्काल पारित हुने अबस्था नरहेकाले त्यस बाहेकका अन्य माग पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

बैठकमा सत्ता पक्षले आवश्यक दुई तिहाई बहुमतको अभावमा तत्काल संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेपनि यसबारे छलफल जारी राख्ने राजपा नेपाललाई जानकारी गराएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकपछि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकार आफ्ना माग सम्बोधन गर्न सकारात्मक देखिए पनि परिणाम नदेखिएको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्ष ठाकुरलगायत नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web