दोलखा एमालेद्धारा स्थानिय चुनावमा धोका दिएको भन्दै एक दर्जन नेता कार्यकर्ता निस्कासन

साउन ४, २०७४ मा प्रकाशित | 1021 views

चरिकोट ।

गत बैशाख ३१ सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको र पार्टी नियम बिपरित काम गरेको भन्दै नेकपा एमाले दोलखाले १२ जना नेता तथा कार्यकर्ताहरुलाई निस्कासन गरेको छ ।

बुधबार बसेको एमाले दोलखाको २१ औं पूर्ण बैठकले जिल्ला कार्य समितिका दुई जना  सदस्य सहित १२ जना नेता तथा कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको हो । गत बैशाखको स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेको,  अनुशासन उल्लघँन गरेको र चरम अन्तर्घात गरेको आरोप लगाउदै निष्कासन गरिएको हो । एमाले दोलखाका सचिवालय सदस्य हिरा थोकरले पार्टी हित बिपरित काम गरेको स्पस्ट भएका नेता तथा कार्यकर्ताहरुलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएका ेबताएका छन् ।

कार्वाहीमा पर्नेहरुमा मेलुङ गाउँपालिका स्थित पवटिका एमाले जिल्ला कमिटि सदस्यहरु दिनेशराज उप्रेती र प्रेमवहादुर थापा, कालिञ्चोक गाउँपालिका स्थित लामिडाँडा घर भएका जिल्ला कमिटि सल्लाहार कृष्णप्रसाद न्यौपाने, साबिक माली घर भएका एमाले जिरी नगर कमिटिका उप सचिव शैलेन्द्र खड्का लगायत रहेका छन् ।

एमाले दोलखाले स्थानीय तहको निर्वाचनमा अन्र्तघातको आरोप लागेका नेता तथा कार्यकर्ता उपर छानविन गर्न जिल्ला कमिटिका  सचिवालय सदस्य प्रोणप्रताप केसीको सँयोजकत्वमा छानविन समिति समेत गठन गरेको छ । समितिले दुई महिना भित्र आबश्यक छानविन गरी  प्रतिवेदन जिल्ला पार्टी समक्ष बुझाउनुपर्ने सचिवालय सदस्य थोकरले जानकारी दिए ।

बैठकले पार्टीको  १० औं जिल्ला अधिवेशन आगामी असोज २७ र २८ गते सदरमुकाम चरिकोटमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले निर्वा्चित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्नका लागि प्रशिक्षित गर्न सचिवालय सदस्य बाबुकाजी कार्कीको सँयोजकत्वमा समिति समेत बनाएको छ । बैठकमा पार्टी केन्द्रिय सदस्य एवँ जिल्ला ईन्चार्ज पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, लालकुमार केसी, शिवप्रसाद भण्डारी पनि सहभागि रहेको बताइएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web