काठमाडौं । पार्टीभित्र विवाद बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

तर, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले बहिस्कार गरेका छन् । कार्यसम्पादन समितिको बैठकमा नगएका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द भने केन्द्रीय समितिको बैठकमा उपस्थित भएका छन् ।

बैठकमा राजनैतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष कमल थापाले राप्रपालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । हिन्दुराष्ट्रको शास्वत मान्यतामा आधारित भएर राप्रपाको बलियो एवं लोकप्रिय राष्ट्रवादी शक्तिको रुपमा उदय भएको भन्दै उनले भनेका छन्, हिन्दुराष्ट्र विरोधी र नेपालको राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई कमजोर बनाएर आफ्नो स्वार्थ शिद्ध गर्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोह र शक्तिकेन्द्रले संगठित र योजनावद्ध रुपमा राप्रपाबिरुद्ध अभियान चलाएका छन् ।’

पार्टीको विचार, नेतृत्व र समग्रमा पार्टीप्रति नै वितृष्णा र घृणा फैलाएर राप्रपा र राप्रपाको विचारलाई सदाको लागि समाप्त पार्न चाहने गिरोह र प्रवृत्तिभित्र केही दलका नेतादेखि पत्रकार, एनजीओकर्मी र नागरिक अगुवा नै रहेको भन्दै थापाले भने, यसतर्फ पार्टी पक्ति समय मै सचेत रहनु पर्छ र आमजनतालाई समेत सुसुचित गर्नु पर्छ ।’

पार्टी अध्यक्ष थापाले स्थानीय तह निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन् ।

पार्टी एकीकरणले ल्याएको उत्साहजनक माहौल तथा आमजनताको अपेक्षाको तुलनामा निर्वाचन परिणाम निराशाजनक भएको भन्दै उनले भनेका छन्, ‘यो निर्वाचनले हाम्रा सबल र कमजोर पक्षहरुलाई उजागर गरेको छ ।’

राप्रपाले अवलम्वन गरेका विचार र नीतिको पक्षमा बलियो जनमत रहेको भन्दै उनले त्यो जनमतलाई भोटमा रुपान्तरण गर्ने संगठनात्मक शक्ति अत्यन्त कमजोर रहेको तीतो यथार्थलाई स्वीकार गर्नुपर्ने बताएका छन् ।

चुनावी हारबारे अध्ययन गर्न महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति गठन भइसकेको भन्दै थापाले समितिको प्रतिवेदनका आधारमा कमी कमजोरी सच्याएर आगामी चुनावमा अत्यधिक सफलता हासिल गर्न लाग्नुपर्ने बताएका छन् ।

17.4¡ÆC