शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दा पूर्ण इजलासमा, फैसला नआएसम्म भष्ट्रचार मुद्दा पनि यस्थास्थितिमा र

साउन ४, २०७४ मा प्रकाशित | 943 views

<p style="margin-bottom: 25px; font-family: &quot;Ek Mukta&quot;, sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;"><strong>काठमाडौं</strong>।आन्तरिक राजश्व बिभागका निलम्बित महानिर्देशक चुणामणी शर्मामाथिको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाएको छ । ६ दिने लामो बहस आज सकिएपछि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणसम्वन्धी सो मुद्धाको सुनुवाईका क्रममा रिटमा जटिल प्रश्न उब्जेको भन्दै पूर्ण इजलासमा सुनुवाई गर्ने भएको हो ।</p><p style="margin-bottom: 25px; font-family: &quot;Ek Mukta&quot;, sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;">न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासले शर्मासहित तीन जनाबिरुद्ध बिशेष अदालतमा दायर भ्रष्टचारसम्बन्धी मुद्दा पनि यथास्थितिमा राख्न आदेश दिएको छ । अख्तियारले कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसहित आयोगका सदस्य सचिव समेत रहेका शर्माबिरुद्ध बिशेष अदालतमा गत आइतवार भ्रष्टचार मुद्दा दर्ता गरेको थियो । पूर्ण इजलाशबाट फैसला नआएसम्म सो मुद्दामाथि थप सुनुवाई तथा आदेश नदिन सर्वोच्च अदालतले बिशेष अदालतलाई भनेको हो ।</p><p style="margin-bottom: 25px; font-family: &quot;Ek Mukta&quot;, sans-serif; font-size: 20px; color: rgb(51, 51, 51); text-align: justify;">अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै उनकी श्रीमती कल्पना उप्रेतीले बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट दायर गर्नुभएको थियो । सर्वोच्चको निर्णयपछि रिटको टुंगो नलागेसम्म शर्मा भने अख्तियारकै नियन्त्रणमा रहने भएका छन ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web