भूकम्पले भत्काएको २६ महिनापछि गोरखा दरबार जिर्णोद्धार सुरु

साउन ४, २०७४ मा प्रकाशित | 980 views

गोरखा ।

करिब चार सय बर्ष पूरानो गोरखा दरबारको पुनर्निर्माण सुरु गरिएको छ ।

भूकम्पले क्षति पुगेको ऐतिहासिक पुरातात्विक, धार्मिक एवं पर्यटकीय महत्वको दरबार भत्काएर जगैदेखि जीर्णोद्वार गर्न लागिएको हो ।

‘गोरखा भूकम्प’ ले क्षति पु¥याएको २६ महिनापछि दरबार जीर्णोद्वार प्रक्रिया अघि बढेको छ ।

दरबारको वरपर जस्तापाताले घेरेपछि भत्काउन सुरु गरिन्छ । घुलो अन्यत्र जानबाट रोक्न र सुरक्षित तवरबाट दरबार भत्काउन सहज होस् भन्नका लागि जस्तापाताको घेरो बनाउन लागिएको छ ।

घेराबार गर्न २० लाख बजेट आएको दरबार हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलले बताउनुभयो ।

दरबार जीर्णोद्वार गर्न रु। पाँच करोड ५० लाख बजेट आएको छ ।

गोरखा दरबारका साथै गोरखकाली मन्दिर 'राजपरिवारको कुलदेवता', गोरखनाथ गुफा, रोट पोल्ने ठाउँ, चौधेरा दरबार 'राजपरिवार आउँदा बस्ने ठाउँ', बिद्या मन्दिर, पण्डित पाटी, पशुपतिनाथको मन्दिर, शित्तल पाटीलगायत पुनर्निर्माण गर्नुपर्ने मुख्य पूजारी प्रदीपनाथ योगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web