गाउँपालिको केन्द्र कहाँ राख्ने भन्ने विवादले पर्वतको बिहादी गाउँपालिकाको बजेट रोकियो

साउन ४, २०७४ मा प्रकाशित | 1019 views

कुश्मा ।

केन्द्र विवादका कारण पर्वतको बिहादी गाउँपालिकाको बजेट समयमै आउन सकेको छैन । स्थानीय तहको पुनःसंरचनाको क्रममा तोकिने गाउँपालिकाको केन्द्रमा सभाका सदस्यहरु बिच विवाद देखिएपछी बजेट प्रभाबित बनेको हो ।

वहाकीठाटी सहितका तह बाट सभामा प्रतिनिधीत्व गर्ने सदस्यहरुले हालको केन्द्र लाई स्वागत गरेपनि रानीपानी,बराचौर र बाच्छाबाट सभामा  प्रतिनिधीत्वगर्ने सदस्य हरुले विरोध जनाएपछी केन्द्रको बिबाद उत्कर्षमा पुगेको छ । ६ वडा रहेको बिहादी गाउ“सभामा गाउ“पालिका अध्यक्ष/उपाध्यक्ष सहित १३ सदस्य एमाले, १४ सदस्य कांग्रेस र ७ जना एकिकृत माओबादीका छन् । सदस्यहरु बिच सहमति जुट्न नसक्दा समस्या उत्पन्न भएको छ ।

रानीपानी र बराचौरका जनप्रतिनिधीहरुले पहिले केन्द्रको टुङ्गो नलागे सम्म गाउँ परिषद नै चल्न नदिने चेतावनी दिएका छन् । गाउँसभाका सदस्यहरु विच सहमति नभएपछी गाउँ परिषद् चल्न सकेको छैन जसका कारण बजेट प्रभाबित बनेको छ ।
वहाकीठाँटीका जनप्रतिनिधीहरुले राजपत्रमा उल्लेख भएअनुसार केन्द्र कायम गरी बजेट सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन् भने रानीपानी,बराचौरका जनप्रतिनिधीहरुले रानीपानीमा केन्द्र राखीनुपर्ने माग गरेका छन् । केन्द्रप्रति वडा नं. ५ उरामपोखरा र ६ शालिग्रामका जनप्रतिनिधीहरुले भने केहीँ प्रतिक्रीया जनाएका छैन्न् ।

सरकारले गत फागुन २७ गते बिहादी गाउँपालिकाको केन्द्र वहाकीठाँटीमा राख्ने राजपत्रमा प्रकाशित गरेको दिन देखिनै रानीपानी,बराचौर र बाच्छाका नागरिकले असहमति पत्रमा हस्ताक्षर गरेका थीए ।
बिहादी गाउँपालिमा हाल सञ्चालन भईरहेको केन्द्र सबै ठाउँका नागरिक लाई पायक नपर्ने हुदाँ केन्द्र तत्काल सारिनुपर्ने बिहादी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ओम प्रसाद कुवँरले बताउनुभयो । बाच्छा र उरामपोखराका बासीन्दा लाई पायक पर्ने स्थान पोखराचौर हुने हुदाँ केन्द्र पोखराचौरको आसपासमानै हुनुपर्ने उहाँको भनाई छ । यधपी उहाँले भुगोल अनुसार उरामपोखराको गेप्ताङ्ग र बाच्छाको पातीचौरको बिच भाग नापेर जहाँ ठीक बीच पर्छ केन्द्र सोही ठाउँमा राख्न आफु तयार रहेको बताउनुभयो ।

हालको केन्द्रमा बाच्छा सहितका साबिक गाविसबासीले असहज र अब्यवहारिक भएको प्रतिक्रिया दिएका छन् भने वहाकीठाटी सहतिका बासीन्दाले वहाकीठाटीमानै केन्द्र हुनुपर्ने प्रतिक्रीया दिएका छन् । पहिलो प्रस्तावमा गरिएको रानीपानीमा केन्द्र नहुदाँ स्थानीयस्तरबाटै चर्को विरोध भएको छ’ ।

पुनःसंरचना भएकाले विवाद हुनु समान्य भएपनि त्यसलाई स्थानीए तहबाटनै समाधान गर्नुपर्ने गाउँपालिका अध्यक्ष कमल भुषलले बताउनुभयो । उहाँले गाउँ परषद् सकेर केन्द्रको बिबाद सुल्झाउन अग्रह गर्नुभयो । ‘सबै विषयमा सहमति जुटेकै छैन,’ भुषालले भन्नुभयो, ‘सहमति जुटाएर बजेट पास गर्ने तयारीमा छौ । उहाँले सबै लाई पायक पर्ने स्थानमा केन्द्र राख्न आफु तयार रहेको प्रष्ट पार्नुभयो ।
केन्द्रको लागी प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा, जनसंख्या, भाषिक र जातीय सघनता लगायत मापदण्ड रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web