वुटवलमा राजश्व अनुसन्धानद्धारा २० करोड राजश्व संकलन

साउन ४, २०७४ मा प्रकाशित | 1018 views

बुटवल ।

राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलले गत आर्थिक वर्षमा २० करोड ४० लाख रुपैया राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष ०७३।०७४ का लागि २० करोड राजश्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा लक्ष्यभन्दा ४० लाख रुपैया बढी राजश्व संकलन भएको कार्यालय प्रमुख नरेन्द्रप्रकाश पाण्डेले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष अर्थात ०७२।०७३ को तुलनामा यो राजश्व ३ सय २८ प्रतिशतले वृद्धि हो । यस कार्यालयले ०७२।०७३ मा ६ करोड २१ लख रुपैया राजश्व संकलन गरेको थियो ।

कार्यालयले अनुसन्धानबाट १४ करोड ७० लाख रुपैया राजश्व र चोरी निकासी पैठारीबाट ४ करोड ३९ लाख जरीवाना असुली गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web