११ वर्षीया बालिका गर्भवती : जबरजस्ती करणी गर्ने युवक पक्राउ

साउन ३, २०७४ मा प्रकाशित | 1833 views

भोजपुर । जिल्लाको अरुण गाउँपालिका ५ याकुमा ११ वर्षीया बालिका निशा (नाम परिवर्तन) लाई अवैध रुपमा गर्भवती बनाउने छिमेकी २१ वर्षीय युवक दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

उनलाई प्रहरीले धरानबाट पक्राउ गरी भोजपुर लैजाने तयारी गरिरहेको छ । श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय, भोजपुरमा आज जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

भोजपुरका प्रहरी प्रमुख डीएसपी काजीकुमार आचार्यले अनलाइनखबरसँग यस्तो गम्भीर घटनालाई सामान्य सम्झेर घरगाउँमै सामसुम पार्न खोजेकाले मुद्दा प्रकृति थोरै कमजोर बने जस्तो देखिए पनि बालिकालाई न्याय दिने र दोषीमाथि कारवाही गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताए ।

मुलुकी ऐनको जबरजस्ती करणी महलले घटना भएको ६ महिनासम्म पीडित पक्षले सम्बन्धित निकायमा न्यायका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

तर, शुरुमा समाजमै मिलाउन खोजेका कारण ६ महिनाको गर्भसहित बालिकाको विचल्ली भएपछि घटना बाहिर आएको हो । डीएसपी आचार्यले भने ‘हदम्यादको कुरा नभई यो त बालिकाबाट स्वस्थ र सुरक्षित बच्चा जन्माउने, नामाकरण, सम्पत्ती हक दाबीसम्मको न्यायका कुरा छन् त्यो ढंगले मुद्दालाई सोच्नुपर्ने हुन्छ ।’ घटना प्रहरीको जानकारीमा आएपछि आफूहरुले घटनाको छानवीन र दोषीमाथि कारवाहीका लागि एकरति पनि ढीला नगरी लागेको आचार्यको भनाइ छ ।

गएको पुसमा पहिलोपटक महिनावारी भएको एक महिना पनि नबित्दै नियमित महिनावारी रोकिएपछि पनि घरमा सामान्य नै मानेका थिए । तर, पेट बढ्दै गएपछि निशाले आमासँग दुर्गाले यौन सम्पर्क राखेको बताएपछि रहस्य खुलेको थियो । समाज बसेर बालिका जिम्मा लगाइए पनि बालिका नेवार र दलित बाबुआमाको सन्तान भएकाले केटाको परिवारले स्वीकारेन ।

बालिकालाई लिएर धरान झरेको केही दिनमा छाडेर केटाले बालिकालाई अलपत्र पारेपछि मात्र मिडियाहरुमा खबर आयो । केटा पक्षबाट अझै पनि बालिकाका परिवारलाई मुद्दामा फस्लास भनेर दवाब दिइरहेको बालिकाकी माइजू निलम घलेले बताइन् । अहिले बालिका र उनको परिवार न्यायका लागि भोजपुर सदरमुकाम पुगेका छन् ।

महिला तथा वालवालिका कार्यालय भोजपुरकी प्रमुख महिला विकास अधिकृत पुष्पलता उप्रेतीले जबरजस्ती करणीबाट हुर्केको गर्भ पतन गर्न मिल्ने कानुनी प्रावधान भए पनि गर्भ निकै हुर्किसकेको साथै उमेर नै नपुगी बसेको गर्भ भएकाले त्यसलाई सुरक्षित जन्म दिने र बालिकाको लेखपढ, पालनपोषणदेखि स्वास्थ्य संरक्षणको आवश्यकता रहेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web