डोल्पालाई नाकाबन्दी र बन्धकमुक्त बनाइयोस् : प्रधानमन्त्रीलाई शेरबहादुरको पत्र

साउन ३, २०७४ मा प्रकाशित | 1213 views

डोल्पा । प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिक समाज डोल्पाले पत्र लेखेको छ ।

डोल्पामा यातायातका सबै साधन बन्द भई सम्पर्क विच्छेदको अवस्था सिर्जना भएकोले यसबाट मुक्त गरिदिन आग्रहका साथ नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले पत्र पठाएका हुन् ।

डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल पनि १ असार देखि कालोपत्रेका लागि बन्द गरिनुका साथै जाजरकोट डोल्पा-सडकखण्डको निर्माणकार्यलाई तीब्रता दिन खदाङ-त्रिपुराकोट खण्डको बिष्फोटन कार्य तीब्र पारिएपछि बाटो अवरुद्ध भएको अवस्था जनाउँदै नाकाबन्दी भएको समेत पत्रमा उल्लेख छ ।

दुर्गम जिल्ला डोल्पामा हवाई तथा पैदल दुबैमार्ग बन्द भएपछि जिल्ला बाहिर आवतजावतमा ठप्प हुनुको साथै डोल्पामा दैनिक उपभोग्य सामग्री ढुवानी समेत ठप्प भएकाले डोल्पालीको दैनिक अत्यन्तै कष्टकर बन्दै गएको समाजका अध्यक्ष बुढाले बताए ।

दुर्गमलाई ढाल बनाउँदै ब्यापारीहरुले सम्पूर्ण सामानमा तेब्बर मूल्य बृद्धि गर्दै आएकोमा यस पटक भने व्यापारीहरुले ढुवानीको समस्या देखाउँदैे सबै सामानहरुमा उपभोक्ताको ढाड सेक्नेगरी मूल्यबृद्धि गरेपछि डोल्पाली अझ मारमा पारेको स्थानीयले बताएका छन् ।

कतिपय ब्यापारीहरुले त भएको सामान लुकाउँदै बजारमा कृतिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको समेत उनीहरुको आरोप छ ।

बालबालिका,सुत्केरीले,बृद्धले लगाएतका सर्वसाधारणहरुले बिरामी पर्दा आकस्मिक औषधि उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको समेत पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web