गोरखामा विश्व खाद्यद्धारा भूकम्प प्रभावितलाई कुहिएको खाद्यान्न वितरण

साउन ३, २०७४ मा प्रकाशित | 664 views

गोरखा ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत गोरखाको उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाए बापत उपलब्ध गराउने खाद्यान्न कुहिएको फेला परेको छ ।

बिश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरेटो गोरखासंगको साझेदारीमा ती गाउँमा खाद्यान्न (दाल र चामल) बितरणका लागि पु¥याएको थियो । खच्चडमार्फत् खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाण अनुसार खाद्यान्न पाउन सकेका छैनन् ।

सोमाबार उहिया र सिर्दिवासमा खाद्यान्न बितरण गर्ने क्रममाः केही बोरा खाद्यान्न कुहिएको, डल्लो परेको, कीरा लागेको फेला परेपछि थोरै परीमाणमा मात्रै खाद्यान्न बितरण गरिएको स्थानीयले जानकारी दिए ।

भण्डारण गरिएकोमध्ये आधाजसो परिमाणमा दाल, चामल कुहिएको उहिया खोर्लाका जीत गुरुङले बताउनुभयो । प्रत्येक घरधुरीलाई १५० केजी चामल र २७ केजी दाल दिनुपर्नेमा सोमबार ७५ किलो चामल र नौ किलो दाल मात्रै दिएको भन्दै गुरुङले बाँकी खाद्यान्न पछि दिने गोरेटोका कर्मचारीले बताएको जानकारी दिनुभयो ।

सिर्दिवासको जगतमा पनि सोमबार नै खाद्यान्न बितरण गर्ने क्रममाः कुहिएको दाल, चामल भेटिएको थियो । दालमा ढुसी लागेको, डल्लो परेको र कीरा भेटिएको सिर्दिवासका वडाध्यक्ष रामकुमार गुरुङले बताउनुभयो । खच्चडबाट ढुवानी गर्दा पानीले भिजाएको खाद्यान्न उचित हेरचाह गरी सुरक्षित भण्डारण गर्न नसक्दा कुहिएको हो । ‘खच्चडबाट ढुवानी गर्दैमा २० बोरा चामल बिग्रिएको थियो । त्यहीमाथि चिसो कोठामा भण्डारण गरेछन् थप १५ बोरा बिग्रिएछ’ उहाँले भन्नुभयो ।

उहिया गाउँको खोर्लामा २०० घरलाई खाद्यान्न बाँडेको डब्लुएफपीले सिर्दिबासका ६९ घरधुरीमा पनि बाँडिसकेको छ । सिर्दिबासकै ६०० घरधुरीलाई बाँड्नुपर्ने छ भने उहियाको ४०० घरधुरीलाई पनि बाँड्न बाँकी देखिन्छ । गोरेटो बाटो निर्माण गरेबापत खाद्यान्न बितरण गरिएको हो । ४० दिन काम गरेका ब्यक्तिले प्रतिव्यक्ति १५० केजी चामल र २७ केजी दाल पाउने बताइएको छ । जेठ दोस्रो साता काम सकिएपनि खाद्यान्न नपाएको भन्दै स्थानीयबासीले गुनासो गर्दै आएका थिए ।

यसअघि लाप्राकमा ठूलो परिमाणमा कुहिएको चामल फेला परेपछि डब्लुएफपीले खाल्डो खनेर चामल नष्ट गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web