राजविराज ।

राजविराज नगरपालिकाले तोकेको दररेट भन्दा दोब्वर र तेक्वरसम्म ठेकेदारले कर वसुली गरी ठगि रहेको भन्दै स्थानीय हटियाका साना तथा मझौला फुटफाथे पसले र ब्यवासयीहरु आक्रोशित भएका छन् ।

मंगलवार साना तथा मझौला फुटफाथे पसलेहरुले पत्रकार सम्मेलनको आयोजना गरी हटिया गुदरीका लागि नगरपालिका कार्यालयले तोकेको दस्तुरभन्दा ठेकेदारले दोब्वर र तेब्वर दस्तुर वसुल्ने गरेको आरोप लगाउँदै अविलम्व यस्ता कार्य नरोकिए नगरपालिका र ठेकेदार विरुद्ध आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन् ।

हटियावासी विशेश्वर प्रसाद साह ‘विशे’का अनुसार राजविराज नगरपालिकावाट हटिया गुदरी फुटफाथेवैठकी कर संकलनका लागि ५९ लाख ५० हजारमा ठेक्का कवोल गरेका अजय अनुज कन्ट्रक्सन राजविराजले साना तथा मझौला फुटफाथे पसलेवाट तोकेको दररेटभन्दा दोब्वर तेब्वरसम्म दस्तुर वसुल गरिरहेका छन् । पत्रकार सम्मेलनमा चिया पसले चन्द्रकला मण्डलले फुटपाथे चिया पसलेका लागि नगरपालिकाले दैनिक २५ रुपैयाँ दस्तुर तोकेपनि ठेकेदारले आफुसँग दैनिक ५० रुपैयाँ लिने गरेको दुःखेसो सुनाउँदै यसको छानविन हुन पर्ने माग गरिन् ।

हटियामा पानी पुरी वेच्ने फुटफाथे पसले शिवशंकर साहले नगरपालिकाले २० रुपैया शुल्क तोके पनि ठेकेदारले जवरजस्ती दैनिक ३० रुपैँया लिने गरेको गुनासो पोखे । यस्तै फुटफाथे कपडा पसलेका लागि ५० रुपैयाँ तोकिएकोमा आफुसँग १ सय ५० रुपैयाँ ठेकेदारले लिने गरेको अर्का फुटफाथे कपडा ब्यवसायी विजय साहको गुनासो थियो ।

साहले ठेकेदारहरु जवरजस्ती गर्ने र मनपरी शुल्क कायम गर्ने गरेको विषयमा पटक पटक नगरपालिकालाई जानकारी गराए पनि छानविन अघि नवढाएको गुनासो पनि पोखे । यस्तै हटियाका मनिहारी, ढाकी, चट्टिदार, लहठी, पात, सनपाटको डोरी, माटोको भाडो वेच्ने फुटफाथे पसलेहरुले समेत नगरपालिकाले तोकेको शुल्क भन्दा दोब्वर तेब्वर ठेकेदारले वसुल्ने गरेको र विरोध गर्दा दुःख दिने गरेको गुनासो पोखेका छन् ।

सम्वन्धित निकायले वास्ता नगर्दा ठेकेदारको मोनोपोली कायम भएको अधिकांशले पत्रकार सम्मेलनमा गुनासो पोखेका छन् । ‘यसको नियन्त्रण स्थानीय प्रशासन र नगरपालिका कार्यालयले गर्नु पर्ने हो’ हटिया निवासी रमेश गोश्वामीले भने–‘तर सम्वन्धित निकाय मौन वसेकाले ठेकेदारले मनपरी कर वसुल गर्ने मौका पाएका छन् ।’

अर्का फुटपाथे पसले शंकर साहले सदरमुकाम राजविराजको एक मात्र पुुरानो हटिया वजार नगरपालिकाले ब्यवस्थित गर्न नसकेको गुनासो गर्दै हटियाको माछा वजारमा रहेको एक मात्र सार्वजनिक शैचालयमा समेत मनपरी शुल्क राखिएको सुनाए । ‘हयिामा टाढा टाढावाट किनमेल गर्न आउने सर्वसाधारणसँग पिसाव गरेको ५ रुपैयाँ र दिशा गरेको १० रुपैयाँ दरले त्याहाका कामदारले वसुल गर्ने गरेको छ’ उनले भने–‘यसवारे पनि नगरपालिकाका जिम्मेवार अधिकारी मौन छन् ।’

यता यसवारे नगरपालिकाका कार्यकारी अधिकृत उमेस यादवसँग जिज्ञासा राख्दा उनले नगर परिषदवाट पारीत दररेट भन्दा ठेकेदारले वढि रकम वसुल गरेको पाईए नियमानुसार कारवाही गरिने स्पष्ट पारेका छन् । उनले यसअघि आफु कहाँ पीडितवाट त्यस्तो गुनासो नआएको स्पष्ट पार्दै अहिले भर्खरै प्राप्त सूचनाका आधारमा हटियामा अनुगमन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

उनले नगरको आन्तरीक आयश्रोत वृद्धिका लागि गुदरी हटियामा फुठपाथ पसलेका लागि तोकिएको दररेट सुची सहितको फ्ल्याक्स वोर्ड भोली वुधवारै हटियाको ४ स्थानमा राख्ने उनले जानकारी दिएका छन् ।

21.09¡ÆC