काठमाडौं ।

व्यवस्थापिका संसद अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन २०३३ तत्काल खारेज गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस ऐन मार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित भएपछि आजको अर्थ समिति बैठकले यस्तोे निर्देशन दिएको हो ।

बैठकले अनियमित कर मिनाहबारे अध्ययन गर्न ९ सदस्यीय राजश्व छली तथा कर अनियमितता अध्ययन उपसमिति पनि गठन गरेको छ ।

उपसमितिलाई २ महिनाभित्र कर फछ्योट आयोग मार्फत भएका निर्णयको अध्ययन गरेर प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ ।

बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कर छली तथा छूटका कुनै पनि घटनामा छानविन गरी कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

17.16¡ÆC