देउवाको दाबी । ‘उपत्यकाका सडकमा १५ दिनभित्र खाल्डा देख्नु पर्दैन’

साउन १, २०७४ मा प्रकाशित | 1033 views

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

शुक्रबार अपराह्न राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयाँलको ढलको पानीले बगाएर निधन भएको थियो ।

यसैगरी, सामाखुसीमा पनि बालिका सत्या सापकोटाको ढलको पानीले बगाउँदा उद्धार गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न सबै निकायका अधिकारीलाई समन्वयात्मक रुपमा काम गर्न निर्देशन दिनुभएको हो ।

छलफलपछि प्रधानमन्त्री देउवाले उपत्यकामा भैरहेको पूर्वाधार निर्माणका काममा समन्वय गरी समयमा नै सम्पन्न गर्न निर्देशन दिनुु भएको शहरी विकास मन्त्री प्रभु शाहाले जानकारी दिए ।

बैठक पछी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव चन्द्रप्रसाद घिमिरेले उपत्यकामा सडक विकास तथा विस्तार र मेलम्ची खानेपानी खानेपानी आयोजनाका लागि भैरहका काम समयमा सम्पन्न हुन नसक्दा उत्पन्न भएका घटना र यसको समाधान गर्ने विषयमा प्रधानमन्त्री, मन्त्री र सचिवहरुबीच छलफल भएको जानकारी दिए ।

छलफलमा उपप्रधान तथा संघीय मामिला एबं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, विभिन्न मन्त्रालयका सचिव, उपत्यका विकास प्रधिकरण, नेपाल टेलीकम, नेपाल विद्युत प्राधिकरण लगायतका संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web