आजदेखि नेपाल एयरलाइन्सको टिकट अनलाइनबाट बुकिङ गर्न सकिने

साउन १, २०७४ मा प्रकाशित | 1022 views

काठमाडौं । लामो दुरीका बसको टिकट पनि आनलाइनबाट बुकिङ गर्न मिल्ने व्यवस्था भएको नेपालमा नेपाल एयरलान्सका विमानबाट यात्रा गर्न हवाई टिकटको लागि भने ट्राभल एजेन्सीमै पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो। तर उक्त बाध्यता आजदेखि सकिएको छ।

निगमले आजदेखि अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ सुरु गरेको छ। अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रियस्तरमा प्रचलित भुक्तानी कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्ने छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले एक समारोहका बीच अनलाइन बुकिङ्ग सेवाको उद्घाटन गरेका थिए। उनले व्यवस्थापन सुधारको एउटा अंग सूचना प्रविधिको पूर्ण एवं उपयोगी प्रयोग पनि भएको बताउँदै त्यस तर्फ थप प्रयास आवश्यक रहेको औल्याए।

नेपाल एयरलाइन्सको अनलाइन बुकिङ्ग सेवाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी
हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आवद्ध गरिनेछ । यसका लागि केही समय लाग्ने निगमले जानकारी दिएको छ।

उक्त अवसरमा महाप्रवन्धक सुगतरत्न कंसाकारले निगम नयाँ नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजना सहित अघि बढेको बताए। उनले आफ्ना ग्राहकहरुलाई अनलाइन बुकिङ्गमा समावेश गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे।

भारतको वर्ड इन्फर्मेसन सिष्टम तथा थाइल्याण्डको टुसीपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङ्गको थालनी गरिएको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web